एजेन्सी - एजियन सागरको लेरोस टापुमा शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा डुब्दा एक महिला र एक शिशुको मृत्यु भएको ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीले आइतबार उल्लेख गरेको छ।
उक्त डुङ्गामा कतिजना सवार थिए भन्ने एकिन भएको छैन्।नाबालिगहरू सहित २० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ ।
यद्यपि उनीहरुको राष्ट्रियता भने निर्धारण हुन बाँकी छ ।ग्रीसमा सन् २०१५ देखि शरणार्थी र आप्रवासीहरूको आगमनमा व्यापक वृद्धि भएको छ ।
साथै विगत आठ वर्षमा सयौं ग्रीस प्रवेश गर्नेक्रममा शरणार्थीको एजियन सागरमा डुबेर मृत्यु भएको छ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ ०८:३५