काठमाडौं– टर्कीको दक्षिणपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी धेरैको मृत्यु भएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु गाजिएन्टेपबाट करिब ३३ किलोमिटर (२० माइल) नुरदागी सहरबाट २६ किलोमिटर (१६ माइल) टाढा रहेको बताएको छ ।
टर्की मा भूकम्प पछि
भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीको मालत्या प्रान्तमा कम्तिमा १३० वटा भवन ध्वस्त भएको गभर्नर हुलुसी साहिनले बताएका छन् । टर्कीको दियारबाकिर सहरमा कम्तीमा १५ वटा भवन भत्किएका छन् ।
सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको शक्तिशाली भूकम्पमा झन्डै १८ हजारको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १०:४६