काठमाडौं– काठका विभिन्न औजारका सामग्रीहरूको उत्पादन एवं प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीन दिने छैटौं नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो सुरु हुँदैछ । राजधानीको भृकुटीमण्डपमा यही माघ १७ देखि १९ सम्म चल्ने उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्यातीप्राप्त ब्राण्डहरूका १५० भन्दा बढि स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारकाकम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले काठ ब्यबसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँप्रविधिबारे जानकारी गराउनका लागि प्रदर्शनीले उत्कृष्ट भूमिका खेल्दै आएको जनाइएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युटरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रा.लि.को संयुक्त आयोजनामा प्रदर्शनीमा काठका उत्पादन, कच्चा पदार्थ, इन्टेरियर डिजाइन, होम डेकोरलगायतको उत्पादनको प्रदर्शनी गरिने जनाइएको छ ।