भोजपुर– १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका(१ बस्ने २६ वर्षीय यदुराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतले ती किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पुर्णेबजार सम्म आवत जावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना.५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १२:०२