चितवन – टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा.लि.ले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको जेन्युइन आयलबजारमा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर. रामाकृष्णन, सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रा.लिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रा. लि. का प्रबन्ध निर्देशक युवराज बूढाथोकीले संयुक्त रूपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्राष्ट्रिय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको बताएका थिए ।
समारोहमा १ देखि १५ लिटरसम्मका विभिन्न प्याकमा उपलब्ध तीन विभिन्न उत्पादनहरू– टाटा जेन्युइनइन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो ।