एजेन्सी–यस वर्षको ६५ औँ ‘ग्रामी अवार्ड’ सम्पन्न भएको छ। आइतबार भएको समारोहमा ९१ वटा विधा छुट्याइएको थियो जसमा विभिन्न विधाका गीत, संगीत तथा एल्बमलाई पुरस्कृत गरिएको छ।
६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै यो रेकर्ड बनाएकी हुन् । उनी ३२ वटा ग्रामी अवार्ड जितेर ग्रामी इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने कलाकार बनेकी छन्।
टिएमजेडका अनुसार वियोन्सेले लेट क्लासिकल कन्डक्टर जर्ज सोल्टीलाई पछि पार्दै नयाँ रेकर्ड बनाएकी हुन्। जर्ज सोल्टीले हालसम्म ३१ वटा ग्रामी अवार्ड जितेका छन्। वियोन्सेको ‘रेनेसान्स’ गीतले सर्वश्रेष्ठ आर एन्ड बी पर्फर्मेन्स बेस्ट डान्स , इल्याट्रोनिक म्यस्जितेको थियो।
अवार्ड जितसँगे भावुक बनेकी वियोन्सेले भने ‘म धेरै भावुक नहुन कोशिस गर्दैछु। ९ विधामा मनोनित भएकी उनले ४ अवार्ड उचालिन् । ह्यारी स्टाइल्सले ह्यारिज हाउसबाट 'एल्बम अफ दि इय' अवार्ड जिते । त्यस्तै, समायरा जोयले 'बेस्ट न्यू आर्टिस्टु' लिज्जोले 'रेकर्ड अफ दि इय' जित्दा बोनी रेयटको 'जस्ट लाइक द्याटु सङ अफ दि इयर बन्यो । त्यस्तै, हिपहप संगीतको ५० औं वर्ष गाँठको उत्सव पनि मनाइयो ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १४:२०