एजेन्सी - टर्की र सिरियामा आज गएको घातक भूकम्पमा परी १७०० भन्दा बढीको ज्यान गएको छ ।
टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।
यहाँ पटक पटक परकम्पका धक्काहरु महसुस गरिएका छन । केहीबेर अघिमात्र अर्को ठूलो परकम्म जाँदा थप मानवीय क्षति भएको बिबीसीले जनाएको छ।
भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।
यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १९:१६