काठमाडाैं - देशका धेरै ठाउँमा आज आंशिकदेखि सामान्य बदली हुने भएकाे छ ।
आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना भएकाे मौसमविद्ले बताएका हुन् ।
मौसमविद् वरुण पौडेलकाअनुसार अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।
तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ।
यही प्रणालीको प्रभावका कारण चिसो हावासमेत चल्न थालेको छ । तर, पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद् पौडेलले बताउँछन् ।
उनका अनुसार भोलिदेखि मौसम सफा हुने अनुमान छ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ ०७:५५