काठमाडौं– प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे (भ्यालेन्टाइन सप्ताह) आज बाट सुरु भएको छ । भ्यालेन्टाइन सप्ताहको पहिलो दिन आज रोज डे रहेको छ । नेपासहित विश्वभरका प्रेमीहरु एकअर्काप्रति रोज साटासाट गरी मनाइँदैछ ।
भ्यालेन्टाइन वीकको पहिलो दिनलाई रोज डे, त्यसपछि प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डे भनिन्छ । रोज डे फेब्रुअरी ७ मा पर्छ ।
यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । यस दिवस युवापुस्तामा बढी लोकप्रिय रहेको छ । रोज बाहेक युवायुवतीले आफुले मनपराएको क्यक्ति, क्रशलाई सन्देशमर्फत पनि रोज डेको शुभकामना दिने गर्छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १२:५५