उलान बाटोर– मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४०० भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ ।
आगलागनीका ती घटनामा परी १६ व्यक्तिले ज्यान गुमाएका राष्ट्रिय आपतकालीन व्यस्थापन निकाय (नेमा)ले मङ्गलबार जनाएको छ ।
नेमाद्वारा जारी एक विज्ञप्तिमा यस महिनाको सुरूदेखि नै देशभर जम्मा ४१७ आगलागीका घटना भएका र यसमा परी दुई बालबालिकासहित १६ व्यक्तिको मृत्यु भएको छ ।
विद्युत लाइनमा आउने अवरोधका कारण नै प्रायः आगलागीका घटना हुने गरेको आपतकालीन निकायले जानकारी दिएको छ । (रासस÷सिन्हवा)
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ ०८:५८