काठमाडाैं – बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो ।
अब नेपालले बंगालदेशसँग भोलि उपाधिका लागि खेल्नेछ ।यसअघि हिजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।
नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे ।बंगलादेश शिर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
भुटान अंक विहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ ०८:०८