एजेन्सी– टर्कीमा सोमबार बिहान आएको बिनाशकारी भूकम्पमा परि टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको निधन भएको छ ।
तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन बारे पुष्टि गरेको हो ।
टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि करिव ७ हजार भन्दा धेरै मानिसहरूले ज्यान गुमाइसकेका छन् ।
सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ ११:०७