काठमाडौं– विमानस्थलबाट मङ्गलवार दिउँसो प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ४ सय ५६ थान सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
वाङचुकको साथबाट २ लाख २८ हजार बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
काठमाडौँबाट दिल्ली जान लागेका अमेरिकी नागरिक अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान विभागमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ १४:२१