काठमाडौं– नेप्से परिसूचक आज बुधवार ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको छ ।
कारोबारको तुलनामा भने अघिल्लो दिन भन्दा आज केही बढेको छ । आज परिसूचकमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ ।
अघिल्लो दिन ७६ अंकमाथिले नेप्से बढ्दा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको अधिकतम ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको १० करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१३ वटा उपसूचक मध्ये आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ १५:३६