एजेन्सी– विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले सिरिया र टर्कीमा ३५ लाख युरो (करिब ५० करोड) बराबरको मानवीय सहायता वितरण गरेका छन् ।
टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनी खेलाडि मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेको हो ।
टर्कीमा सोमबारको भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।
स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेपछि ७.८ म्याग्निच्युडको भूकम्प गजियनटेप प्रान्तको नुरदागीबाट २३ किलोमिटर पूर्वमा २४.१ किलोमिटर गहिराइमा गएको थियो
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ ११:३२