काठमाडौं– अब जहाजमा उडिरहँदा मोबाइल फोन तथा इन्टरनेट सेवाको प्रयोग गर्न सक्निे भएको छ । गत मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘इनफ्लाइट कम्युनिकेसन’ सम्बन्धी अन्तरिम निर्देशन जारी गर्दै यस बारे जानकारी दिएको हो ।
इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवाबाट यात्रुहरूले जहाजमा उडिरहेको बेला पनि मोबाइल चलाउन र इन्टरनेट प्रयोग गर्न पाउने प्राधिकरणले जानकारी दिएको हो ।
यसअघि यात्रुहरुले जहाजमा उडिरहँदा मोबाइल तथा अन्य विद्युतीय उपकरण फ्लाइट मोडमा राख्ननु पर्ने नियम थियो ।
तर अब भने आइएफसी सेवा लिएका जहाजहरूमा इन्टरनेट सुविधा साथै यात्रुले फोन कल वा म्यासेज गर्न पनि सक्छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १३:००