काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १२।४३ अंकले बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको थियो ।
यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ । १२ अंक बढीले नेप्से बढ्दै गर्दा आज २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको ५६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता सेयर कारोबार भएको थियो ।
आज अपि पावर कम्पनीको ५ करोड ८६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१३ वटा उपसूचक मध्ये आज म्युचुअल फन्ड बाहेक सबै उपसूचक धनात्मक भएका छन् ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज नबिल ब्यालेन्ड फन्ड–३ को मूल्यमा ५.७५ प्रतिशतको गिरावट भएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १५:५१