काठमाडौं (प्रसं)–राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का कार्य सम्पादन समितिका सदस्य महामाया प्रसाद सिंहले पार्टीको सम्पूर्ण तहबाट राजिनामा दिएका छन् । सिंहले राजिनामा–पत्र पार्टी सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानलाई बुझाएका हुन् ।
पार्टीमा आफूले न्याय नपाएकाले राजीनामा दिएको सिंहले दाबी गरेका छन् । ‘प्रदेशमा सबैजना बढी मत ल्याउने प्रखर वक्ताको कदर भएन,’ सिंहले भने, ‘आफ्नो क्षमता र योग्यताको कदर नभएकाले राजिनामा दिन बाध्य भएको हो । अब राप्रपा संयुक्तको कुनै तहमा पनि रहन्न ।’
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ १०:०२