भक्तपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका–९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
साथै उक्त होटलकी संचालिकालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रनमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सांकेतिक तस्विर
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १६:३१