काठमाडौं– नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
केहीबेरमा औपचारीक जानकारी दिइने मन्त्रालयको भनाई रहेको छ ।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेको हो ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ११:२२