काठमाडौं– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ६०.७७ अंक घटेको छ । ६० अंकले घटेको नेप्से २१२१ अंकमा कायम भएको छ । ३ अर्ब ४ करोडको कारोबार भयो । कुल ८ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो । सबै उपसमूह ओर्लिएका छन् ।
बैंकिङ २८, विकास बैंक १४१, फाइनान्स ८४, होटल तथा पर्यटन ९०, जलविद्युत ११०, जीवन बीमा ३५७, उत्पादन २२०, माइक्रोफाइनान्स १०२, निर्जीवन बीमा २३८, अन्य ३७ र ब्यापार उपसमूह ४० अंक घटे । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ४।४ तथा साम्लिङ पावरको ३।७ प्रतिशत बढ्यो ।
ङादी पावरको मूल्य ६.६ प्रतिशत, हिमालय पावर पार्टनरको ६.४, खानीखोलाको ६.२, ग्रीनलाइफको ६.१ तथा बरुण र राधि पावरको मूल्य ६.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १६:२१