काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको संसद् बैठकमा सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका छन् ।
यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १६:२८