काठमाडौं- विश्वभर प्रणय दिवस एक आपसमा प्रेम साटासाट गरी मनाइदै छ । क्याथोलिक र रोमन समुदायका नागरिकले १४ फेब्रुअरीको दिनलाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरेका हुन् ।
नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो रहेकाे छ ।
दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ ।
भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।
pic source: pixabay
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ०६:५६