हेमराज भट्ट/नेपालगन्ज । मृगौला समस्याबाट पीडित नेपालगञ्ज १२ निबासी रामलाल क्षेत्री (धामी) को उपचारार्थ स्थानीय स्तरबाटै सहयोग संकलन गरि संकलित रकम प्रदान गरिएको छ ।
क्षेत्रीलाई केही महिना अघि उपचारबाट दुबै मृगौलाले काम गर्न छाडेको पाईएपछि उपचारका लागि लखनउ लगिएको थियो । आर्थिक अवस्था कमजोर भएका उनको उपचारमा समस्या भएपछि स्थानीय स्तरबाटै सहयोग संकलनको अभियान शुरु गरिएको थियो ।
उनको उपचारमा सहयोग पुर्याउनका लागि साउन ११ गते कोरियनपुरमा सम्पन्न एक भेलाले रामलाल क्षेत्री उपचार सहयोग समिति गठन गरि सहयोग संकलन शुरु गरिएको थियो । स्थानीय स्तरबाट संकलन गरिएको रकम ७० हजार ५ सय ८४ आज बिरामी क्षेत्रीकी धर्मपत्नि सुसिला क्षेत्रीलाई प्रदान गरिएको छ ।
सहयोग समितिका संयोजक तेज बिक्रम शाह, सदस्य बिनोद उप्रेती, बासका कार्यकारी निर्देशक नमस्कार शाह, सार्वजनिक भेरी यातायात समिति नेपालगञ्जका अध्यक्ष गणेश थापा, सिएसटि होटेल एण्ड पार्टी प्यालेसका प्रबन्धक टोप बहादुर थापाले उक्त सहयोग प्रदान गरेका थिए । सहयोग प्राप्त गरिसकेपछि बिरामीकी धर्मपत्नि सुसिलाले धन्यबाद ज्ञापन गरिन् ।
संयोजक तेजबिक्रम शाहले बोल्दै बिरामीको अवस्था हरेर स्थानीय स्तरबाट सहयोग संकलन गरि सहयोग प्रदान गरिएको बताए । तेजबिक्रम शाहको संयोजकत्वमा रहेको समितिको सदस्यहरुमा क्रमशः बलराम श्रेष्ठ, दिनेशराज पन्त, मोहन थापा, बिनोद उप्रेती, खड्कमान सिंह, हिमेन्द्र बि.सी., जय बहादुर न्यौपाने र नेत्रजँग शाह रहेका थिए । बिरामीलाई काठमाण्डौं लगिएको छ । उनको शिक्षण अस्पतालमा उपचार गरिने परिवारका सदस्यहरुले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४ ०५:२६