काठमाडौं – नेप्से प्रि-ओपन सेसनमा ०.०३ प्रतिशतले उकालो लागेको छ । मंगलबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ ।
प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको छ भने ८ कम्पनीमा ओरालो लागेका छन् । १ हजर ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनको १३ उप-सूचकहरूमध्ये २ कम्पनीमा वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ १२:०९