काठमाडौं– बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । हिजो सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुहरुले प्रहरी वृत बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए । डीएसपी विष्ट चढने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) मजदुरले जलाएका थिए ।
प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोपमा विष्टलाई जिम्मेवारीबाट हटाइएको हो । विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरदाई पठाइएको छ ।
डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले बताएका छन् ।