काठमाडौं–एकदिवसीय अन्तर्राष्ट्रिमा एकहजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौड्यले बनेका छन् ।
आईसीसी विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा उनले एक हजार रन पूरा गरेका हुन् ।
उनले २५ ओभर पाँच बलमा चौका प्रहार गर्दै एक हजार रन पूरा गरेका हुन् ।
रोहितले आज मात्र एकदिवसीय क्रिकेटमा आफ्नो छैटौं अर्धशतक पूरा गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ १५:०९