काठमाडौं – एभरेष्ट बैंकले ललितपुरको सानागाउँमा आप्mनो ९५ औं शाखा स्थापना गरि कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उक्त अवसरमा एभरेष्ट बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको जनाइएको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरूलाई बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरूप देशका सबै क्षेत्रहरूमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।
नेपालभर १० लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानागाउँमा ९५औं नयाँ शाखा खोलेको जनाइएको थियो । सानागाउँका बासिन्दाहरूले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरूले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।