काठमाडौं– लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन चल्न नदिने नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो । अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीले चेतावनी दिए । ‘लाल अयोग जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन’ उनले भने ।
जसपा, लोसपाले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १३:५४