काठमाडौं – काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेको पासपोर्ट विषयमा जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ ।
प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो ।
युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलकहाँ पुगेका थिए ।
विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि छ ।