काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो विद्यार्थी संगठनको कार्य समिति विस्तार गरेको छ । सो पार्टीले लोकतान्त्रिक विद्यार्थी संघको कार्य समिति विस्तार गरी ५५ सदस्य बनाएको हो । ‘कार्य समितिमा अहिले एकजना अध्यक्ष मात्र राखिएको छ, अरु बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ’ लोसपाका नेता मनिष मिश्रले भने ।
स्ववियु चुनावलाई लक्षित गरी यो कार्य समिति विस्तार गरिएको र चुनावपछि कार्य विभाजनसहित पदाधिकारी चयन हुने उनले बताए । चुनावमा खेलेको भूमिका आधारमा मूल्यांकन गरी पदाधिकारी चयन गरिने मिश्रको भनाई छ ।
विद्यार्थी संघका अध्यक्षमा महोत्तरीका रोशनकुमार मिश्रलाई राखिएको छ । केन्द्रीय सदस्यमा श्याम केशरी, सुरेश मण्डल, समर साह, उज्जव सझा, चन्द्रशेखर सिंह, धनिश एस के, कुशनन्दन ठाकुर, अजय यादव, आनन्द मिश्रा, नितेन्द्र यादव, अरविन्द झा, निशेष यादव, दिपेश झालगायत छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १५:२०