काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार ९.९४ मेगावट क्षमता रहेको काबेली बी वान कास्केड जलविद्युत आयोजनाका लागि बैंक अफ काठमाण्डूले सहवित्तियकरण कर्जाको अगुवाई गरेको छ । अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको आयोजनाको निर्माण खर्च रु १ अर्ब ९७ करोड रहेको अनुमान गरिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइ रहेकोे उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ ।
अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डू लिमिटेडले नै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो ।