भनिन्छ कसैलाइ माया गर्छु भन्ने विषेश दिन हो
यो दिन एकअर्काबीच केवल माया साटिन्छ
निश्वार्थ माया
तर, मायाकै नाममा तिम्रा लागि यो दिन कालो दिन नबनोस्
त्यो दिन नहोस, जहाँ तिम्ले आफ्नो प्रेम पाउन
शरीरसँग सौदाबाजी गर्न परोस्
कसैको हात तिम्रो अंगमा बेफिक्री बिनाअनुमानि चलून्
जहाँ तिम्ले आफ्ना भविष्य आफ्ना ती
तपस्या गरी मागेका सम्बन्धहरु
टेड्डी बियर दिने सम्झौतामा एकै दिनमै ननिभोस्
सुन,
तिमी कुनै खेलौना हैनौ
जहाँ फकाई फुलाई कसैको ओछ्यान तताउन तिम्रो प्रयोग नगरियोस्
तिमी प्रेमको नाममा आफ्नो सज्जा आहूति दिन नपुग्नू
यदि तिमी
समय बिताउन कसैको भावनासँग खेल्दै छौ भने
हुन सक्छ तिमी गलत छौ
समय बिताउन हरेक तरिका भेटिन्छन्
तिमि नबिर्सिनु अरुको भावना समय बिताउने माध्यम हुन सक्दैन
आज तिमीबिना बाँच्न नसक्ने ऊ
भोलि तिमीभन्दा रुपरङमा राम्री या राम्रो भेट्यो भने तिम्लाई बिर्सन सक्छ १
सय रुपैयाँको गुलाफले यदि ऊ तिमीमाथी अधिकार जमाउन खोज्छ र तिमी जमाउन दिन्छौ भने
तिम्ले आफ्नो जिन्दगी कटाउने जीवन साथीसँग कुन आधारमा तिम्रो नासो सुम्पिन्छौ रु
उसले पास्ट इज पास्ट जे भयो सकियो, भुलिदेऊ मलाई भन्यो भने
कहाँ गएर फिर्ता ल्याउँछौ ती सुहागहरु रु ती सुम्पिएका साइनोहरु
जुन तिम्ले चुँडिएको गुलाफसँग साटेकी थियौ रु
त्यो कालो दिन नहोस
जहाँ तिम्ले आफ्ना रंगीन चाहना र भविष्यलाई लुटाएकी थियौ
प्रेम त्यहाँ हुन्छ ,
जहाँ तिम्रो कदर उसले दिनदिनै उहीँ रफ्तारमा गरेको थियो,
प्रेम त्यहाँ हुन्छ, जहाँ तिमीबिना ऊ दिनदिनै छट्पटिन्छ,
प्रेम त्यहाँ हुन्छ ,
जहाँ एकअर्काको सम्मान हुन्छ,
एक अर्काको सुखदुःख मा साथै भइन्छ
तिमी न निदाउँदा
ऊ निदाउने औषधि बनी आइदिन्छ,
तिमी दुस्खी हुँदा खुसीको बहार बोकी आइदिन्छ,
तिम्रो रुपको बयान गर्ने हैन,
उसले तिम्रो संघर्षको बयान गरोस्,
तिम्रो हातको बयान हैन,
तिम्रो हातले उठाएका कर्तव्यहरुको बयान गरोस्,
तिम्रो साथिभाइबारे हैन,
तिम्रो घरपरिवारबारे कुरा गरोस्,
तिमिप्रति शंका हैन,
तिम्रो भविष्यबारे कल्पना गरोस्,
रुपरङ र तिम्रो मिलेको ज्यान त समय सँगै बितिजान्छ
नासिइजान्छ,
त्यो दिन नहोस्,
जुन दिन तिम्रो रुपमाथि उसको शरीर बज्रियोस्,
उसले आफ्नो प्यास मेटोस्,
जुन प्यासमा कुनै प्रेम थिएन,
जुन प्रेममा तिमीमाथि कुनै सम्मान थिएन
उसले जोगाओस् तिम्लाई, उस्तै गरी
जहाँ मालीले बगैंचामा फूल जोगाएको छ
उसले सजाओस् तिम्लाई त्यसैगरी
जहाँ एउटा चित्रकारले आफ्नो चित्र सजाउँछ १
हक जमाओस् तिमिमाथि
जसरी एउटा बच्चाले आफ्नो आमाको अँगालोमा जमाउँछ,
फेब्रुअरी १४ त्यो दिन नहोस्,
जुन दिन सम्झेर तिम्रा स्वर्णिम रात
एक अन्धकारमा परिणत हुन पुगून् ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ १४:४१