काठमाडौं– सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) का अवसरमा विशेष योजना ल्याएको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विद्यार्थीवर्गलाई लक्षित गर्दै ल्याइएको योजनामा दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउने जनाइएको छ ।