चितवन– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । देशभरिबाट सबै शाखाबाट ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख,क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत सम्मेलनमा ७५ जनाको सहभागिता रहेको जनाइएको छ ।
‘प्रत्येक घरमा– एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँगाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउने बारेमा छलफल गरिएको थियो । यही माघ १२ देखि १४ गते सम्म सम्पन्न भएको उक्त सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए भने तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए ।