काठमाडाैं - सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ देखि २६ गतेसम्म निष्काशन गरेको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँट हुने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँदछ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ १९:१९