काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई प्रकाउ गरेको छ । प्रहरीले खनाललाई युट्यूवमा करिश्माको बारेमा गलत अभिव्यक्ति दिएको र चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
मानन्धरले माघ अन्तिम साता आफूविरुद्ध जथाभाबी बोलेको भन्दै साईबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिए ।
तस्विरः खनालको फेसबुकबाट
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९ १२:३०