काठमाडौं-वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए ।
२०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष ९आइसीयु०, शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, निर्देशक पौडेलले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’
अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्नेछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रबार डा।पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल० को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा.भूपेन्द्र बस्नेतले पाएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९ ११:०८