सुर्खेत –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन्। सुर्खेत पार्टी कार्यालयमा आइतबार बिहान बोल्दै शर्माले पार्टीको कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगेको समेत बताए ।
समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो ।
कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए । कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।२०६४ मा कर्णालीका धेरै जिल्लाहरू आफू पैदल हिँडेर यात्रा गरेको बताउँदै उनले कर्णाली आफ्नै खुट्टामा उभिन सके मात्र समुन्नत देश निर्माण हुने बताए ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९ १०:०९