काठमाडौं– राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक आज सोमबार साढे ४ बजे बस्ने भएको छ।
बैठक केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने र बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री पैचण्ड अहिले पोखरामा छन् । उनी पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ।
राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ।
नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ।एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने अडान राखेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १३:१०