काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएको हो ।
करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा डाउन हुदा सम्पुर्ण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या आएको हो। समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केही छिन्मा नै समस्या समाधान हुनेमा आशावादी छौं’ सिटौलाले भने।
तर, यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको उनले जानकारी दिए ।
टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोहीँ समस्या देखिएको प्रवक्ता सिटौलाको भनाइ छ ।
‘सिंहदरबारबाट सञ्चालित सरकारीसर्भरमा पटक पटक समस्या आइरहेको छ । यसअघि पनि यस्तै समस्या आएको थियो । अहिले फेरि सोही समस्या दोहोरिएको छ, यसको छिटो समाधानको खोजी जारी छ’ उनले भने ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १४:४३