काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार नेप्से सूचक २३ अंकले घटेको छ । नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दुमा झरेको हो। अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घट्दै नेप्से सूचक २०७०.४१ अंकमा रहेको थियो ।।
आज २३ अंकमाथिले नेप्से घट्दै गर्दा यता कारोबार रकम समेत १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी हिमालयन डिस्टिलरीको आज २० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज म्युचुअल फन्ड र ट्रेडिङ बाहेक अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीहरुले आज अधिकतम १० प्रतिशतले कमाएका छन् भने जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.१५ प्रतिशतले गुमाउन पुगेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १५:५१