एजेन्सी - टर्किएमा पुनः शक्तिशाली भूकम्प गएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ भने २९६घाइते भएका छन् ।
भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
गत माघ २३ गते टर्किए कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको थियो । साथै सो प्राकृतिक प्रकोपमा हजारौँ घाइते भएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ ०८:२६