एजेन्सी - यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ ।
गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे ।
लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ ।
नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० गोलले हरायो । नेपोलीका भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । जितसँगै नेपोलीले पनि क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ ०९:३७