काठमाडौं– प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । सिंहले प्रहरी प्रधान कार्यालय पुगेर बुधबार राजीनामा बुझाउने तयारी गरेका हुन् ।
आईजीपीको दौडमा रहेका सिंहले राजीनमा दिए भने यस रेसमा डीर्आईजी टेकप्रसाद राइ , वसन्त कुँवर, र दीपक थापाबीच प्रतिष्पधा हुने छ ।
सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले यस विषयमा आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने गरेको स्रोतले जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ ११:३७