काठमाडौं– आत्मनिर्भर लघुवित्त कम्पनीको आइपिओ सोमबार बाँडफाँट भएको छ।कम्पनीले २० हजार ३३८ कित्ता सेयर बाँडफाँट गरेको हो।
जसमध्ये २ हजार ३३ जना आवेदकले १० कित्ता आइपिओ पाएका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।कम्पनीले माघ १६ गतेबाट फागुन २ गतेसम्म उक्त आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बिक्री गरेको हो।
कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको थियो।
सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो भने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ।
कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १२:०४