धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार दिउँसो १ः४५ बजे मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिम जिल्लाका अन्य जिल्लामा पनि महसुस गरिएको छ ।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १४:४६