कैलाली - सशस्त्र प्रहरीले नाै किलोग्राम चरेससहित तीन जना नियन्त्रणमा लिएकाे छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको हाे ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया
गाँउपालिका–१ बस्ने ३९वर्षीय पुनम पुन र ४१ वर्षीय दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १५:५५