काठमाडौं–इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगबिचको खेल बराबरीमा रोकिएको छ ।
युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो ।
सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए ।
रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई रियाद महारेजले इल्केए गुन्डोगानको पासमा २७औं मिनेटमा लिएको अग्रता सिटीले जोगाउन सकेन । ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यद्धपी, बराबरी भए पनि दुबै टोली क्वाटरफाइनल पुग्ने सम्भावना भने जिबितै छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १०:३९