एजेन्सी– इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् । इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ।
लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।
अइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाइएको छ । इजरायली अधिकारहिरुले जनाएअनुसार संदिग्धहरुले सेना विरुद्ध मोलोटोभ ककटेल र विस्फोट उपकरणहरु प्रहार गरेका थिए । त्यसैगरी प्यालेसटाइका अनुसार सो झडपमा कम्तिमा १०२ जना घाईते भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ ११:३५